Tuesday, 20 September 2011

पहिलो विकिथन कार्यक्रम

२०६८ सालको यस विजया दशमीको अवसर पारेर विकिमेडिया फाउन्डेसन, नेपालले पहिलो नेपाली विकिथन कार्यक्रम आयोजना गर्दै छ।

उद्देश्य

  • नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  • नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  • नेपली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  • विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि समाजिक सोचको विकास
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
कसले भाग लिन पाउने? 

नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरु जो विश्व भरी छरिएर रहेका छन्।  

नोट काठमाडौंमा स्वयं उपस्थित भई योगदान दिन चाहने विकीकर्मीहरूले काठमाडौमा सहभागी हुन या अनलाईन सहभागी हुनपृष्ठमा गई आफ्नो नाम दर्ता गर्नुहोला। सहभागीहरुले आफ्नो प्रयोगकर्ता पृष्ठलाई यस व्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा   

विकीथनमा के गरिन्छ?

  • धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
  • लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
  • लेखहरूलाई स्तरीकरण गरिन्छ।
  • तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट योगदान गर्न सक्नेछन्।

पुरस्कार

  • यसकार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई पुरस्कारको व्यवस्था गरिने छ।
  • तोकिएको समयमा तयार पारिएका उत्कृष्ट लेखहरू मध्येबाट छानिएका लेखका योगदान कर्तालाई पुरस्कृत गरिनेछ।

 

 

No comments:

Post a Comment